Premier Cables
Premier Steel

समाचार

झोलामा बोक्ने चलनको अन्त्य, फाइलमै बोकेर अर्थमन्त्रीले बजेट पुस्तिका ल्याउँदै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट आज सार्वजनिक गर्दैछ।

अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्नेछ भने बजेट पारित भएपछि अपराह्न ४ बजे बस्ने संघीय संसद्को बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बिज्ञापन

यसपटक बजेट पुस्तिका राख्न छुट्टै झोला प्रयोग गरिएको छैन। नेपाल सरकारको निशान छाप अंकित फाइलमा बजेट पुस्तिका राखिएको छ।

विगतमा भने अर्थमन्त्रीहरूले बजेट बोक्न विशेष झोला प्रयोग गर्ने प्रचलन रहेको थियो। यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपालमै निर्मित दुई हजार पाँच सय रुपैयाँ मूल्यको झोला प्रयोग गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka