Premier Cables

प्रदेश

लखनपुरको आयुर्वेदिक अस्पताल पुगे कोसीका मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १३, २०८२  | साँझ ७:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको कमल गाउँपालिका लखनपुरमा अवस्थित आयुर्वेदिक अस्पताल निरीक्षण गरेका छन् ।

प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतका निरीक्षणमा सहभागी थिए । निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सेवाका विषयमा अस्पतालका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिए ।

विज्ञापन

उनले आगामी आर्थिक वर्षको बजेटबाट अस्पताललाई पूर्ण रुपमा सञ्चालन हुने गरिको व्यवस्था गरिने बताए । औषधि उत्पादनको समेत लक्ष्य रहेको सुनाए । सरकारले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयसँग सहकार्य गर्न चाहेको कार्कीले बताए ।

कोसी प्रदेश सरकारले वैकल्पिक स्वास्थ्य सेवाका रुपमा आयुर्वेदिक अस्पतालहरुलाई उच्च प्राथमिकता दिँदै आएको छ । आयुर्वेदिक अस्पतालको सेवा सुविधा विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री कार्कीले बताए ।

अनुगमन निरीक्षणका क्रममा स्वास्थ्य मन्त्री राईले पूर्वीय चिकित्सा पद्धतीका रुपमा परिचित आयुर्वेद चिकित्साको महत्व दिन प्रतिदिन बढ्दै गएको दाबी गरे । निरीक्षणमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka