विराटनगर। विराटनगरमा बिआरटी रोटा मुन २०२६ सम्पन्न, युवामा नेतृत्व र कूटनीतिक क्षमताको विकासमा जोड
बिराटनगरमा रोटरी युवा महिनाको अवसरमा BRT Rota MUN 2026 सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम रोटरी क्लब अफ बिराटनगर डाउनटाउन, रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउन तथा रोटर्याक्ट क्लब अफ बिराटनगर सेन्ट्रलको संयुक्त सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रम होटल स्वागतम मा सम्पन्न भएको थियो। यस कार्यक्रमले युवाहरुलाई संयुक्त राष्ट्रसंघीय ढाँचामा बहस, छलफल तथा नीति निर्माणको अभ्यास गर्ने अवसर प्रदान गरेको थियो। सहभागीहरुले नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्व, आलोचनात्मक सोच तथा समूहगत कार्य क्षमतामा सुधार गर्ने अवसर पाएका थिए।
कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाउन रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले सहयोग प्रदान गरेको थियो। उक्त सहयोग अन्तर्गत ट्रफी, मोमेन्टो, टोकन अफ अप्रीसिएसन, प्रमाणपत्रहरू तथा सहभागी किटका लागि रोटरी लोगो अंकित कपडाका झोलाहरू उपलब्ध गराइएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा युवाहरुले उच्च उत्साहका साथ भाग लिएका थिए। यसले उनीहरूमा कूटनीतिक समझ, नेतृत्व विकास र अन्तर्राष्ट्रिय विषयवस्तुमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।
आयोजकका अनुसार यस प्रकारका कार्यक्रमहरूले युवाहरुलाई जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी नागरिक बनाउन मद्दत गर्नेछ। साथै रोटरी र रोटर्याक्ट बीचको सहकार्यलाई अझ मजबुत बनाउँदै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने योजना रहेको छ।

Oplus_16908288
