Premier Cables
Premier Steel

खेलकुद

नडालको भावुक बिदाइ : टेनिसमा एक युगकाे अन्तय !

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar मंगलबार, जेठ १३, २०८२  | बिहान ८:१९ बजे

काठमाडौं । रोलेण्ड ग्यारोसको प्रतिष्ठित कोर्टमा भावनाले भरिएको बिदाइ समारोह सम्पन्न भयो, जहाँ क्ले कोर्टका राजाु राफायल नडाललाई सम्मान गरियो । २० वर्ष लामो गौरवशाली करिअरको स्मरणमा हजारौं दर्शक, प्रतिद्वन्द्वी, साथी, परिवार र शुभचिन्तकहरूको बीचमा नाडालले अन्तिमपटक मञ्चमा आफ्नो भावना पोखे ।

टेनिस इतिहासको सबैभन्दा गौरवशाली अध्यायमध्ये एक क्ले कोर्टका राजाु रफायल नडाललाई रोलाण्ड ग्यारोसमा फ्रेन्च ओपनले सम्मान गरियो । उनको सम्मानमा हजारौं दर्शक, खेलाडी, परिवार र शुभेच्छुक उपस्थित थिए । मर्सी राफा लेखिएको रातो रंगको टि सर्टमा सजिएको पुरै स्टेडियम । भावना चरम उत्कर्षमा थियो । नडालको सम्मानमा धेरै नारा लागे । सायद कसैले आँशु रोक्न सके ।

बिज्ञापन

यो समारोह केवल एक खेलाडीको बिदाइ थिएन । यो एक युगको अन्त्य थियो । नडाल, जसले यो कोर्टमा १४ पटक उपाधि जितेका छन र यो कीर्तिमानको नजिक कोही पुग्न सकेको छैन । उनी आफ्ना ती स्मृतिहरूसँग अन्तिमपटक उभिएका थिए ।

समारोहको सबैभन्दा भावुक क्षण तब आयो, जब उनका तीन महान प्रतिद्वन्द्वी रोजर फेडेरर, नोभाक जोकोभिच, र एन्डी मरे कोर्टमा आएर उनलाई आगालो हाले । उनीहरूबीचको प्रतिस्पर्धा टेनिस इतिहासकै सर्वश्रेष्ठ मानिन्छ । तर, त्यो क्षण उनीहरू एकअर्काको साथ र सम्मानको प्रतिक बने ।

नडालका शब्दहरू शान्त थिए, तर तिनमा दशकौंको संघर्ष, पीडा, जित र टेनिस प्रतिको समपर्ण समेटिएको थियो । उनले आफ्ना दिवंगत हजुरबुबालाई सम्झिए, अनि आफ्ना अभिभावक, श्रीमती मारिया र परिवारलाई धन्यवाद दिए । तर, जब उनले आफ्ना काका तथा कोच टोनी नडालको नाम लिंदै धन्यवाद दिए, पूरै स्टेडियम फेरि एकपटक ुराफा राफाु को नाराले गुञ्जियो ।

२० वर्षअघि १८ वर्षको उमेरमा रोलाण्ड ग्यारोसमा पहिलोपटक जित दर्ता गरेका नाडालले केहीअघि नै व्यावसायीक करिअरबाट बिदा लिइसकेका थिए ।

उनको आफ्नो कोर्टमा अन्तिम बिदाइ हुन बाँकी थियो । तर, गएराति उनको भब्य विदाइ गरियो । सायद २० बर्ष अघि नाडाल बाहेक थोरैलाई मात्र विश्वास थियो होला उनी क्ले कोर्टका राजा बन्छन् भनेर । ठीक २० वर्षपछि उनले आफ्ना हजारौं समर्थकलाई सम्बोधन गरे । भीडको अगाडि आँशु छल्काउँदै आफ्नो अन्तिम सन्देश दिए ।

फ्रेन्च ओपनले नडालको सम्मानमा एउटा विशेष फलाकी पनि अनावरण गर्‍यो । जसमा उनको खुट्टाको छाप, नाम, ु१४ु नम्बर र फ्रेन्च ओपनको ट्रफीको चित्र अंकित छ । १४ नम्बरले उनले जितेका १४ वटा फ्रेन्च ओपनको प्रतिनिधित्व गर्छ ।

उनको सम्मानमा हजारौं दर्शक, चार पटककी च्याम्पियन इगा स्विान्तेक, कार्लोस अल्काराजजस्ता नयाा पुस्ताका स्टारहरू र फ्रेन्च टेनिस महासंघका अधिकारीहरू सबैले एकै आवाजमा नडाललाई धन्यवाद भने । नाडालको खेल जीवन केवल उपाधिहरूको श्रृंखला थिएन, त्यो साधना र संघर्षको जीवित कथा थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka