Premier Cables
Premier Steel

कोशी प्रदेश

दुई महिनामै ६४ प्रतिशत बजेट खर्च गर्ने दबाबमा कोशी सरकार

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | बिहान १०:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गर्न सकेको छ । आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदा सरकारले अझै ६३.७१ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब २ करोड २ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर वैशाख मसान्तसम्ममा जम्मा १३ अर्ब ७ करोड १० लाख ११ हजार रुपैयाँ मात्र खर्च भएको छ । अब लक्ष्यअनुसार खर्च गर्न जेठ र असार महिनामा मात्रै २२ अर्ब ९४ करोड ९१ लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने देखिएको हो ।

बिज्ञापन

विकास निर्माणसँग जोडिएको पुँजीगत खर्चको अवस्था झन् कमजोर देखिएको छ । सरकारले पुँजीगततर्फ १७ अर्ब १४ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १० महिनामा ५ अर्ब २९ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने दबाब सरकारमाथि परेको छ । यसले विगतका वर्षझैँ असारे विकासले पुनः प्रश्रय पाउने संकेत देखिएको छ ।

चालु तथा प्रशासनिक खर्चतर्फ भने तुलनात्मक रूपमा केही सुधार देखिएको छ । १८ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ चालु बजेटमध्ये हालसम्म ७ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल चालु बजेटको करिब ४१ प्रतिशत हो ।

सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० महिनामा ३ अर्ब २४ करोड रुपैयाँ मात्र खर्च गरेको छ भने अझै ७ अर्ब १८ करोड रुपैयाँ बजेट खर्च हुन बाँकी छ ।

त्यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४ अर्ब ६० करोड ७४ लाख रुपैयाँ बजेटमध्ये २ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खर्च हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयको ३ अर्ब ६५ करोड रुपैयाँ बजेटमध्ये पनि २ अर्ब ८ करोड २६ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको छ ।

खर्चको गति सुस्त देखिए पनि राजस्व संकलनतर्फ भने प्रदेश सरकारले केही प्रगति गरेको छ । वैशाख मसान्तसम्म प्रदेश सरकारले आन्तरिक राजस्व, राजस्व बाँडफाँट र संघीय अनुदानसहित विभिन्न शीर्षकबाट कुल २५ अर्ब ५ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka