Premier Cables

कोशी प्रदेश

कोसी प्रदेशका १४ जिल्लामै पूर्वाधार कार्यालय खोलियो, मुख्यमन्त्रीले गरे उद्घाटन

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | साँझ ४:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको निर्देशनालय मातहत रहेको पूर्वाधार विकास कार्यालय, सुनसरीको औपचारिक उद्घाटन बिहीबार इनरुवामा सम्पन्न भएको छ। प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा प्रदेशसभा सदस्य, मन्त्रालयका अधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता थियो।

विज्ञापन

प्रदेश सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमअन्तर्गत जिल्लागत रूपमा पूर्वाधार विकास कार्यालय विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो। सोहीअनुसार सुनसरीमा स्थापना गरिएको यो कार्यालयले पूर्वाधार निर्माण तथा विकास कार्यलाई तीव्र, प्रभावकारी र विकेन्द्रीकृत रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास योजनाहरूलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका थिए। उनले नयाँ संरचनाले स्थानीय तहसँग समन्वय गरेर परियोजना कार्यान्वयनमा सघाउ पुर्‍याउने विश्वाससमेत व्यक्त गरे।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka