Premier Cables
Premier Steel

विराटनगर

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल निर्वाचित

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | साँझ ६:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा सन्तोषप्रसाद धिताल निर्वाचित भएका छन्। एशोसिएसनको १७औं साधारण सभा तथा १३औं अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट धिताल अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

निर्वाचनमा धितालले ६० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सुनिलकुमार बिडलाले ४८ मत प्राप्त गरेका थिए। अध्यक्ष र द्वितीय उपाध्यक्ष पदका लागि मात्रै निर्वाचन भएको थियो भने अन्य पदहरू सहमतिमै चयन गरिएको एशोसिएसनले जनाएको छ।

बिज्ञापन

द्वितीय उपाध्यक्ष पदमा मनिष मारु ७१ मतसहित विजयी भए। उनकी प्रतिस्पर्धी निता शर्माले ३८ मत प्राप्त गरिन्।

नवनिर्वाचित कार्यसमितिमा महेन्द्रकुमार अग्रवाल प्रथम उपाध्यक्ष, मनिष मारु द्वितीय उपाध्यक्ष, रुद्र कार्की महासचिव, राजकुमार तिम्सिना सचिव, मिङमा शेर्पा सम्पर्क सचिव तथा ललितकुमार अग्रवाल कोषाध्यक्ष चयन भएका छन्।

त्यसैगरी नन्दकुमार सरदार, विजय भगत, मुकेश सारडा, निर्झर श्रेष्ठ, सुशिलकुमार रौनियार, नितम कार्की, कृष्णकुमार अटल, चन्द्रशेखर सुवेदी, मिलन रौनियार र विजय साह कार्यसमिति सदस्यमा चयन भएका छन्।

यसअघि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले अधिवेशनको उद्घाटन गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka