Premier Cables
Premier Steel

मौसम

यो साताभर वर्षाको सम्भावना

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २०, २०८३  | बिहान ८:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मौसम विभागले यो साताभर नै देशभर वर्षाको सम्भावना रहेको जनाएको छ ।

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मंगलबारसम्म भारी वर्षा हुने सम्भावना देखिएको छ।

बिज्ञापन

मौसमविद् ढकालका अनुसार यो साता हिमाली क्षेत्रमा पनि हिउँ वा पानी पर्ने सम्भावना रहेको छ। आइतबारदेखि मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम स्तरको वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

बुधबारदेखि भने हिमाली भेगका केही स्थानमा मात्र मध्यम वर्षा वा हिमपातको सम्भावना रहनेछ।

हाल मधेश र सुदूरपश्चिम बाहेकका अधिकांश प्रदेशमा वर्षा भइरहेको छ। लुम्बिनी र गण्डकी प्रदेशमा अहिले पनि मध्यम वर्षा जारी छ। यी प्रदेशका एक–दुई स्थानमा आज दिउँसो पनि भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्र कामको योजना बनाउन उनीहरूले सुझाव दिएका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा मापन गरिएको छ, जहाँ ८६.६ मिलिमिटर पानी परेको छ। त्यसैगरी देवघाट, नवलपुरको देउराली, दुम्कौली र अछामको असराघाटमा पनि भारी वर्षा भएको छ।

गत तीन घण्टामा पर्वतको कार्कीनेटा, स्याङ्जाको पञ्चमुल, कास्कीको पोखरा र लमजुङको राइनासटारमा समेत भारी वर्षा भएको छ।

काठमाडौंका कपन, कीर्तिपुर र सुन्दरीजल लगायतका क्षेत्रमा भने हल्का वर्षा भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa