Premier Cables
Premier Steel

राजनीति

नेसपा माओवादी केन्द्रमा समाहित

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar सोमबार, जेठ १२, २०८२  | अपराह्न १:५५ बजे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।

श्रेष्ठलाई माओवादी केन्द्रले सचिव बनाउने भएपश्चात सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनी नेतृत्वको समूह माओवादी केन्द्रमा समायोजन भएको हो ।
यस अगाडि डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले माओवादीसँग सहमति नगरेपछि श्रेष्ठ पक्ष सोमबार माओवादीमा गएको हो ।

बिज्ञापन

दुई पार्टीबीच ५ बुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदानसमेत भएको छ ।
सहमतिका बुँदामा अरू नेतालाई पनि उचित जिम्मेवारी दिने उल्लेख छ । पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुने उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka