Premier Cables
Premier Steel

समाचार

इन्धन मूल्यवृद्धि र सामग्री अभावले निर्माण क्षेत्र संकटमा, कोसीका व्यवसायीद्वारा म्याद थपको माग

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख १३, २०८३  | अपराह्न ३:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इन्धनजन्य सामग्रीमा भइरहेको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिले भौतिक पूर्वाधार क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ। निर्माण सामग्रीको अभावका कारण निर्माण उद्योग लगभग ठप्प हुने अवस्थामा पुगेको भन्दै म्याद थप अनिवार्य भएको महासंघले जनाएको छ।

मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनको मूल्य बारम्बार बढ्दा निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ। साथै, बिटुमिन, सिमेन्ट, डण्डी जस्ता सामग्रीमा पनि निरन्तर मूल्यवृद्धि र अभाव देखिएकाले निर्माण कार्य प्रभावित भएको छ।

बिज्ञापन

यस अवस्थाले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्न थालेको महासंघले जनाएको छ। समस्या समाधानका लागि बारम्बार सरकारको ध्यानाकर्षण गराए पनि ठोस कदम चालिएको छैन। पछिल्ला दुई महिनादेखि मौखिक आश्वासन मात्र प्राप्त भएको र त्यसले निर्माण व्यवसायी, श्रमिक तथा सम्बन्धित उद्योगहरू आर्थिक रूपमा कमजोर बनेको महासंघको भनाइ छ।

राष्ट्र बैंकको मूल्य सूचकांकअनुसार ठेक्का मूल्य समायोजन हुने व्यवस्थाका कारण बजारमा मूल्य बढ्दा पनि आधिकारिक तथ्यांकमा कमी देखिने हुँदा व्यवसायीहरू थप मारमा परेका छन्।

हाल निर्माणको मुख्य सिजनमै सामग्रीको अभाव र मूल्यवृद्धिले आयोजनाहरूको भविष्य अन्योलमा परेको छ। राष्ट्रिय गौरवका आयोजना सहित साना–ठूला अधिकांश परियोजनाको काम प्रभावित भएको महासंघका अध्यक्ष जनसेवक भण्डारीले बताए ।

महासंघले तत्काल मूल्य समायोजनसम्बन्धी निर्देशिका-२ जारी गर्न, सबै ठेक्कामा मूल्य समायोजन लागू गर्न तथा प्रभावित व्यवसायीलाई राहत दिन सरकारसँग माग गरेको छ। साथै, वर्तमान परिस्थितिमा आयोजनाहरू समयमै सम्पन्न हुन नसक्ने भएकाले बैंक ग्यारेन्टी, बीमा र क्षतिपूर्तिसहित म्याद थपका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa