काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक कार्यक्रममा अचानक गोली चलेको आवाज सुनिएपछि हलचल मच्चिएको छ। लाइट हाउसमा आयोजित उक्त कार्यक्रमपछि ट्रम्प र प्रथम महिलालाई तत्काल सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको पुष्टि गरेका छन्, तर हालसम्म घाइतेबारे कुनै विवरण सार्वजनिक भएको छैन। घटनामा संलग्न आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको बताइएको छ, यद्यपि उनको परिचय खुलाइएको छैन।
बिज्ञापन
पत्रकारहरूका लागि आयोजना गरिएको डिनर कार्यक्रममा ट्रम्प बोलिरहेका बेला अचानक मानिसहरूबीच अफरातफरी सुरु भएको थियो। त्यसपछि केही पड्किएको आवाज सुनिएपछि वातावरण तनावग्रस्त बनेको थियो।