Premier Cables
Premier Steel

समाचार

गृहमन्त्री गुरुङको चेतावनी: गल्ती गर्नेलाई कसैलाई पनि छुट छैन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुन उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहीबाट नछुट्ने स्पष्ट पारेका छन्। बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भने, “म कसैलाई पनि गल्ती गरेपछि छाड्दिनँ। मेरो आफ्नै बाबुले गल्ती गरेको भए पनि कारबाही गर्छु।”

बिज्ञापन

गुरुङका अनुसार दोषीलाई अनुहार वा पदका आधारमा नभई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ।

यस क्रममा उनले भीआईपी व्यक्तिहरूलाई अदालतले छाड्ने विषयमा असन्तुष्टि पनि व्यक्त गरे। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुरक्षा निकायको सक्रियतामा पक्राउ गरिएको भए पनि अदालतले रिहा गरेकोप्रति उनले असन्तुष्टि जनाए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa