Premier Cables
Premier Steel

राजनीति

साइबर बुलिङ: सांसद खुश्वु ओलीद्वारा उजुरी दर्ता

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०२, २०८३  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छन् ।

सोमबार भोटाहिटीस्थित ब्युरोमा पुगेर उनले केही व्यक्ति तथा समूहले सुनियोजित रूपमा आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा क्षति पुर्‍याउन खोजेको भन्दै कानुनी कारबाहीका लागि उजुरी दिएकी हुन् ।

बिज्ञापन

केही फेसबुक पेज, टिकटक र युट्युब च्यानलहरूले आफ्नाबारे योजनाबद्ध ढंगले आधारहीन र भ्रामक सामग्रीहरू प्रसारण गरिरहेको उनको आरोप छ । यसअघि आफूले सम्बन्धित व्यक्तिहरूलाई त्यस्ता गतिविधि रोक्न सचेत गराउँदा पनि बेवास्ता गरिएपछि बाध्य भएर कानुनी प्रक्रिया अघि बढाउनुपरेको उनले उल्लेख गरेकी छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेकी छन्, “यस्ता गतिविधिहरू सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने, बरु योजनाबद्ध रूपमा गलत सूचना फैलाउने तथा मेरो व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको मेरो ठहर छ ।”

सांसद ओलीले पछिल्लो समय घृणा फैलाउने कार्यलाई लाभ कमाउने माध्यम बनाइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । “कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर त्यसैबाट लाभ कमाउने प्रवृत्ति अनैतिक मात्र होइन, अत्यन्तै पतित सोचको परिचायक हो,” उनले भनिन्, “यस्तो मानसिकता समाजका लागि खतरा हो र यसलाई सामान्यीकरण गर्न मिल्दैन ।”

उनले साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रियाअनुसार आफू निरन्तर लड्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka