






HamroBiratnagar Media Files
विराटनगर । एक अर्ब २५ करोड रुपैयाँको लगानीमा विराटनगरको हाटखोलामा संचालित आरके सिटी सेन्टर अब कुमारी बैंकको प्रपर्टी भएको छ ।
बैंकले सिटी सेन्टरको लिलाम सकार गरेको हो । वहु प्रयोजनसहित आरके सिटी सेन्टर संचालनमा आएको थियो । तर, लगत्तै आएको कोभिड विपत्तीसँगै उद्देश्य अनुरुप संचालन हुन नसकेपछि संकटमा परेको थियो । आरके सिटी सेन्टर आठ तले छ ।
मल्टीफ्लेक्स सिनेमा हलसहित व्यापारिक मल संचालन गरिएको थियो । बेसमेन्ट सहित ५० हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको आरकेको आठौं तलामा स्विमिङ पुलको समेत व्यवस्था थियो । सेन्टरमा लिवाइज, एडीडास, नाइक जस्ता ब्रान्डका सामान समेत बिक्री हुन्थ्यो ।
संचालनमा कठिनाई भएसँगै सेन्टरले विराटनगर महागनरपालिकालाई बुझाउनु पर्ने कर वापतको रकम समेत बक्यौता थियो । सेन्टरले गत वर्षमात्र विभिन्न अफर दिएर
इलेक्ट्रोनिक्स, फर्निचर, किचनवेयर, होम डेकोर लगायतका स्टक माल सल्टाएको थियो । कतिपय सामग्री बिक्री गर्न मिलन चौक दक्षिणमा नयाँ संरचना बनाएर बिक्री स्थल समेत निर्माण गरिएको थियो । युमार्ट नाम दिएर संचालनमा ल्याइएको थियो । मार्ट समेत बन्द भएको छ । केही समय त्यहाँ आरकेबाटै सुलभ मूल्यमा सामान बिक्री गरिएको थियो ।
आरके चिल्ड्रेन अस्पतालका सञ्चालक समेत रहेका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुवोध शर्मा र व्यवसायी सुनिल शर्माको साझेदारीमा आरके सिटी सेन्टर खोलिएको थियो । तर, व्यवसायिक घाटाका कारण बैंकको ऋण तिर्न नसकेपछि सेन्टर संकटमा फसेको थियो ।