Premier Cables
Premier Steel

समाचार

मन्त्रीमण्डल विस्तार : दुई नयाँ मन्त्री नियुक्त

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २७, २०८२  | अपराह्न २:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सङ्घीय मन्त्रिपरिषद् विस्तार गर्दै सरकारले दुई जना नयाँ मन्त्री नियुक्त गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त हुनुभएको हो।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनुहुन्छ। उहाँहरूले आज राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

बिज्ञापन

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले श्रम मन्त्री रहेका दिपक साहलाई पदमुक्त गरेका थिए। सोही स्थानमा रामजी यादव नियुक्त हुनुभएको हो। उद्योग मन्त्रालयको जिम्मेवारी भने यसअघि प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आउनुभएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka