Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ईरानी बालिका हेल्माको कहानी, इजरायली आक्रमणमा परिवार सकिए तर उनी बाँचिन !

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २७, २०८२  | बिहान ९:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ईरान । उत्तरी ईरानको तबरिज शहरमा भएको हवाई आक्रमणपछि भग्नावशेषमा पुरिएकी १८ महिनाकी बालिका हेल्मा चमत्कारिक रूपमा जीवित उद्धार भएकी छन्। ध्वस्त अपार्टमेन्टको अवशेषबीच खोज तथा उद्धारकर्मीले उनलाई सुरक्षित रूपमा बाहिर निकालेका हुन्।

उद्धारका क्रममा एक उद्धारकर्मीले “म तिमीलाई बाहिर निकाल्छु, मेरी प्यारी” भन्दै सान्त्वना दिएको दृश्य भावुक बनाउने खालको थियो। केही समयपछि उनलाई सकुशल उद्धार गरी अस्पताल लगिएको थियो।

बिज्ञापन

आक्रमण भएको बेला हेल्मा आफ्नो परिवारसँगै १०औं तलाको फ्ल्याटमा सुतिरहेकी थिइन्। उनी पायजामामै थिइन् र भग्नावशेषमा पुरिएकी थिइन्। उद्धारकर्मीहरू त्यहाँ पुग्दा उनी मात्रै जीवित भेटिएकी थिइन्। उनका बुबा, आमा, दाजु र दिदी सबैको ज्यान गएको बताइएको छ।

अस्पतालमा हेल्माको हेरचाह गरिरहेका एक आफन्तले भने, “उसकी एक दिदी र एक दाजु थिए, सबैको मृत्यु भयो, केवल हेल्मा मात्र बाँचेकी छिन्। उनीहरूले के गल्ती गरेका थिए?”

हेल्माको उद्धारको भिडियो छिट्टै ईरानी मिडियामा भाइरल भएको छ। अस्पतालमा लिइएको उनको तस्बिरलाई सम्पादन गरी पंख लगाएर बिलबोर्डहरूमा समेत राखिएको छ। इन्टरनेट प्रतिबन्ध र कडा सेन्सरशिपका बीच यो घटनाले देशभित्र भइरहेको हवाई आक्रमणको दुर्लभ झलक प्रस्तुत गरेको छ।

ईरानी सरकारी मिडियाले यस घटनालाई “अमेरिकी–जायोनी आक्रामकता” को प्रमाणका रूपमा प्रस्तुत गरेको छ। हेल्माको जीवनरक्षा र उनको पीडालाई यही कथानकको केन्द्रमा राखिएको छ।

परिवारको अन्त्येष्टिमा सहभागीहरूले गहिरो शोक व्यक्त गर्दै चुनौतीपूर्ण सन्देश पनि दिएका छन्। एक महिलाले भनिन्, “अब हामी सबै हेल्माकी आमा हौं।” केहीले उनलाई “ईरानकी छोरी” समेत बताएका छन्।

यसैबीच, हेल्माका बुबा हामिद मिर्जादेहको सम्बन्ध ईरानी सेनासँग रहेको दाबी गरिएको छ। केही रिपोर्टअनुसार उनी इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का कर्नेल तथा मिसाइल फोर्सका कमाण्डर थिए।

अमेरिका र इसराइलले आफूहरूले सैन्य लक्ष्यलाई मात्र निशाना बनाउने दाबी गर्दै आएका छन्। अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार युद्धमा संलग्न पक्षहरूले नागरिक संरचना र सैन्य लक्ष्यबीच स्पष्ट भेद गर्नुपर्ने हुन्छ।

यद्यपि, सैन्य संरचना प्रायः घना बस्तीभित्र हुने र सैनिक अधिकारीहरू परिवारसँगै बस्ने कारणले आम नागरिक पनि आक्रमणको जोखिममा पर्ने गरेका छन्।

मानवअधिकारकर्मीहरूको अनुमानअनुसार युद्ध सुरु भएयता ईरानमा ३,५०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा करिब १,६०० नागरिक र कम्तीमा २४४ बालबालिका छन्।

इसराइली वायुसेनाले हालसम्म १०,००० भन्दा बढी हवाई आक्रमण गरेको र २,००० भन्दा बढी सैन्य तथा सरकारी कमाण्डरलाई मारिएको दाबी गरेको छ। अमेरिकी पक्षले पनि यस्तै संख्यामा सैन्य उडान सम्पन्न गरेको जनाएको छ।

तबरिजको उक्त घटनामा हेल्माका बुबालाई नै मुख्य लक्ष्य बनाइएको आशंका गरिएको छ। मिसाइलले सीधै उनीहरूको अपार्टमेन्टलाई निशाना बनाएको बताइएको छ। स्थानीय सुरक्षाकर्मीका अनुसार बिहान करिब ३:२० बजे ठूलो विस्फोट भएको थियो।

यस घटनामा हेल्माको परिवार बाहेक अन्य दुई जना घाइते भएका छन्। स्थानीय बासिन्दाले भने, “क्षणभरमै सबै कुरा अस्तव्यस्त भयो।”

इसराइल डिफेन्स फोर्सेसले एक विज्ञप्तिमा तबरिजमा “ईरानी सैन्य लक्ष्य” मा आक्रमण गरिएको दाबी गर्दै अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक क्षति कम गर्न प्रयास गरिएको जनाएको छ। बीबीसी हिन्दी सेवाबाट

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka