Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

इरानी मिसाइल आक्रमणपछि क्लाउड सेवा प्रभावित, बैंकिङ प्रणालीमा अवरोध

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | बिहान ८:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । पश्चिम एसियामा बढ्दो तनावबीच इरानले बहराइनस्थित एक प्रमुख टेलिकम कम्पनी ‘बटेलको’को मुख्यालयमा ड्रोन र मिसाइल आक्रमण गरेको छ।

सामान्य रूपमा टेलिकम कम्पनीमाथिको हमला जस्तो देखिए पनि यसको प्रभाव निकै व्यापक बनेको छ। सोही भवनबाट विश्वकै अग्रणी क्लाउड कम्प्युटिङ सेवा ‘अमेजन वेब सर्भिसेज (AWS)’ सञ्चालन हुँदै आएको बताइएको छ।

बिज्ञापन

यस घटनालाई अमेरिकी प्रविधि कम्पनीको भौतिक पूर्वाधारलाई लक्षित गरिएको पहिलो प्रत्यक्ष आक्रमणका रूपमा हेरिएको छ। आक्रमणपछि बहराइनसहित आसपासका क्षेत्रमा अव्यवस्था बढेको छ।

अमेजनका सर्भर प्रभावित हुँदा ठूला कर्पोरेट नेटवर्क, स्थानीय बैंकिङ सेवा तथा एयरलाइन रिजर्भेसन प्रणालीहरू समेत अचानक अवरुद्ध भएका छन्, जसले दैनिक सेवा सञ्चालनमा गम्भीर असर पारेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka