Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिका-इरान सम्झौता १४ बुँदामा हुने

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको सम्झौता १४ बुँदामा आधारित हुने इरानको सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ । तर सम्झौताका विषयवस्तुबारे दुवै पक्षले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।

इरानको अर्धसरकारी समाचार संस्था ‘मेहर न्युज’ का अनुसार प्रस्तावित सम्झौतामा लेबनानसहित विभिन्न मोर्चामा स्थायी युद्धविराम गर्ने विषय समेटिएको छ । साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ ।

बिज्ञापन

सम्झौताका सम्भावित बुँदामा ३० दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी भूभागबाट अमेरिकी सैनिक फिर्ता गर्ने तथा ‘इरानी व्यवस्था’ अनुसार ३० दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खुला गर्ने विषय पनि समावेश रहेको दाबी गरिएको छ ।

मेहर न्युजका अनुसार अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजना अघि सार्ने, इरानी तेल तथा ऊर्जा क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउने र इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता दोहोर्‍याउने विषय पनि सम्झौतामा उल्लेख छन् ।

बीबीसीका अनुसार प्रस्तावित १४ बुँदे सम्झौतामा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता जनाउने विषय पनि समेटिएको छ ।

मेहर न्युजलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार इरानको रोक्का गरिएको सम्पत्तिको आधा हिस्सा फुकुवा गर्ने, इरानी तेलमाथिको प्रतिबन्ध निलम्बन गर्ने र नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया अघि नबढेसम्म अन्तिम वार्ता सुरु नहुने उल्लेख गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka