Premier Cables
Premier Steel

राष्ट्रिय

सेनाका कमान्डरलाई पनि कारबाही सिफारिस

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ११, २०८२  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’ले नेपाली सेनाका चार जना टोली कमान्डरमाथि कारबाही गर्न सिफारिस गरेको छ।

आयोगका अनुसार सुरक्षाका लागि विभिन्न संवेदनशील स्थानहरूमा खटिएका नेपाली सेनाका टोली प्रमुखहरूलाई जिम्मेवारी निर्वाहमा कमजोरी देखिएको ठहर गर्दै कारबाही सिफारिस गरिएको हो।

बिज्ञापन

कारबाही सिफारिसमा परेका अधिकारीहरूमा राष्ट्रपति भवन शीतल निवासमा खटिएका सहायक रथी मनोज बैदवार, प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा खटिएका प्रमुख सेनानी गणेश खड्का (जिल्ला सुरक्षा समितिका सदस्यसमेत) र बानेश्वरस्थित संसद् भवन तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा खटिएका सेनानी सन्तोष ढुङ्गेल रहेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka