Premier Cables
Premier Steel

कोशी प्रदेश

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा वीरेन्द्रकुमार साह निर्वाचित

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ११, २०८२  | साँझ ७:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चलचित्र पत्रकारहरूको साझा मञ्चलाई सशक्त बनाउने उद्देश्यसहित सम्पन्न चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।।

सोमबार विराटनगरस्थित रुबिज होटलमा सम्पन्न अधिवेशनबाट विरेन्द्रकुमार साहको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।

बिज्ञापन

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना चयन भएका छन्। महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल रहेका छन्। एक सदस्य भने पछि मनोनयन गरिने जनाइएको छ।

यसअघि उद्घाटन सत्र तत्कालीन अध्यक्ष सञ्जु राईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, संघका सल्लाहकार भीषण राई तथा पारस मल्टिपल हस्पिटलका प्रशासन प्रमुख हेमनारायण मेहतालगायतले शुभकामना व्यक्त गरेका थिए।

अध्यक्षमा निर्वाचित साहले संघलाई थप सक्रिय, व्यवस्थित र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूबीच एकता मजबुत पार्दै कोशी प्रदेशको सिनेमा क्षेत्रको विकासमा सशक्त भूमिका खेल्ने बताए।

अधिवेशनकै अवसरमा चलचित्र पत्रकार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै विराटनगरस्थित पारस हस्पिटलसँग उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता समेत गरिएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka