Premier Cables
Premier Steel

राष्ट्रिय

चैते दशैंअन्तर्गत नवरात्र शुभारम्भ

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | बिहान ८:३२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाको अवसरमा आजदेखि चैत्र दसैँअन्तर्गत नवरात्र आरम्भ भएको छ। यस अवसरमा हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजा-आराधना सुरु गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ। उनले आज उत्तरतर्फ फर्केर घटस्थापना गर्नुपर्ने पनि बताएका छन्।

बिज्ञापन

चैत्र नवरात्रका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने परम्परा छ। शास्त्रीय मान्यताअनुसार वर्षभर चार पटक नवरात्र मनाइन्छ।

यी नवरात्रहरू आसार, असोज, पुस र माघ महिनाको शुक्ल पक्षमा पर्ने गर्दछन्। नेपाली संस्कृतिमा आसार र पुस शुक्ल पक्षका नवरात्रलाई ‘लुप्त नवरात्र’ समेत भनिन्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka