Premier Cables
Premier Steel

राजनीति

अर्जुननरसिंह केसीले खुवाउने छन् नयाँ सांसदलाई सपथ

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र ०३, २०८२  | अपराह्न २:२९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका अर्जुननरसिंह केसी प्रतिनिधिसभाका २७५ सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्य बनेका छन् । समानुपातिक प्रणालीबाट निर्वाचित केसी ७८ वर्षका हुन् र निर्वाचन आयोगको विवरणअनुसार उनीजत्तिको उमेरका अन्य सांसद छैनन् ।

प्रत्यक्षतर्फ म्याग्दीबाट स्वतन्त्र रूपमा विजयी भएका महावीर पुन ७१ वर्षका छन् भने मनाङबाट कांग्रेसका टेकप्रसाद गुरुङ पनि ७१ वर्षकै छन् । रुकुम पूर्वबाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ ७० वर्षका छन् ।

बिज्ञापन

समानुपातिकतर्फ निर्वाचितमध्ये नेकपाका प्रमेश हमाल ७१, कांग्रेसकी रुक्मिणी कोइराला ७० तथा एमालेका पुष्पकराज कँडेल ७० वर्षका छन् । अन्य सांसदहरू यसभन्दा कम उमेर समूहका छन् ।

यस आधारमा केसी संसद्का ज्येष्ठ सदस्य बनेका हुन् । उनी २०४८ र २०५१ सालमा नुवाकोट–३ बाट निर्वाचित भएका थिए भने २०५६ मा सोही क्षेत्रबाट पराजित भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट–१ बाट पराजित भएका केसी २०७० मा भने त्यही क्षेत्रबाट विजयी भएका थिए ।

२०७४ मा नुवाकोट–२ बाट पराजित भएका उनी २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट पुनः निर्वाचित भएका हुन् । पञ्चायतकालमै स्वास्थ्य राज्यमन्त्री बनेका केसी पछि मन्त्रीसमेत भएका थिए ।

संवैधानिक व्यवस्था अनुसार संसद्का ज्येष्ठ सदस्यले सबैभन्दा पहिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि उनले अन्य सांसदलाई शपथ खुवाउनेछन् । साथै सभामुख चयन नहुँदासम्म संसद्को बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पनि ज्येष्ठ सदस्यकै हुनेछ । सभामुखको निर्वाचनसमेत ज्येष्ठ सदस्यले तोकेको मिति र समयमा हुने प्रावधान छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka