काठमाडौं । सर्वोच्च अदालत ले धनुषा–१ को निर्वाचन विवादमा छलफलका लागि निर्वाचन आयोग लाई उपस्थित हुन आदेश दिएको छ।
कालोसूचीमा परेका कारण आयोगले उमेदवारी खारेज गरेपछि धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमल ले अदालतमा रिट दायर गरेका थिए।
बिज्ञापन
उक्त रिटमाथि सोमबार (फागुन २५) नृपध्वज निरौला को एकल इजलासमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। बहसपछि अदालतले अन्तरिम आदेशसम्बन्धी छलफलका लागि आउँदो शुक्रबार आयोगलाई उपस्थित हुन भनिएको हो।
सो दिन आयोग र रिट निवेदकबीच हुने छलफलपछि उमेदवारी तथा मत कायम गर्ने विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय हुने छ। साथै, अदालतले आयोगको निर्णयसम्बन्धी फाइल पनि झिकाउन आदेश दिएको छ।