Premier Cables
Premier Steel

राजनीति

सोविता गौतम भन्छिन् : बालेनको नेतृत्वमा नयाँ सरकार बन्छ

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | अपराह्न ३:३३ बजे
Hamro Biratnagar Headlines

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन्। उनले बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन्।

निर्वाचन जितेको प्रमाणपत्र प्राप्त गरेपछि पत्रकारसँग कुरा गर्दै गौतमले चुनावअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिसकेको उल्लेख गर्दै अब उनकै नेतृत्वमा सरकार बन्ने दाबी गरिन्।

उनले नेपाली जनताले रास्वपामाथि गरेको विश्वासलाई परिणाममुखी काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। “जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,” गौतमले भनिन्, “त्यसलाई गम्भीरतापूर्वक लिएर जिम्मेवारीका साथ काम गर्छौं।”

गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै ऐतिहासिक जित हात पारेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्।

गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६६२ रहेको छ, जुन यस क्षेत्रको हालसम्मकै ठूलो मतान्तर मानिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka