Premier Cables
Premier Steel

कोशी प्रदेश

बालेन-ओलीबाहेक झापा ५ का अरु दलका उमेदवार के गर्दैछन् ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ २६, २०८२  | बिहान ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा क्षेत्र नम्बर-५ यति बेला राष्ट्रिय राजनीतिको चर्चाको केन्द्रमा छ ।

 

बिज्ञापन

यो क्षेत्रका ‘हेभिवेट’ उमेदवार मानिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मनोनयनपत्र दर्तापछि झापा–काठमाडौं ओहोरदोहोरमा व्यस्त छन् । यहाँका कतिपय उमेदवार भने दैनिक रूपमा मतदातासँग प्रत्यक्ष भेटघाट र घरदैलो अभियानमा जुटिरहेका छन् ।

 

यी उमेदवारहरूको चुनावी दैनिकी फरक देखिन्छ । एमाले र रास्वपाबाहेकका उमेदवार न ठूलो लावालस्करका साथ हिँडिरहेका छन्, न त गाडीको लाम नै देखिन्छ । २०-२५ समर्थक र शुभेच्छुकको सानो समूहसहित उनीहरू मतदातासमक्ष पुगिरहेका छन् ।

 

झापा-५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया पौडेल उमेदवार छिन् । उनी सामाजिक सेवामा जीवन समर्पण गरेकी महिला नेतृका रूपमा परिचित छिन् । पौडेल कांग्रेसले देशभर प्रत्यक्षतर्फ उमेदवारी दिएका ११ महिलामध्ये एक हुन् ।

 

दमक नगरपालिका-९ की बासिन्दा पौडेल बिहानैदेखि छरछिमेक, आफन्त र परिचितका घरमा पुगेर मतदातासँग संवाद गर्छिन् । उनको प्रचारमा महिलाकै सहभागिता उल्लेखनीय देखिन्छ ।

 

झापा-५ का अर्का प्रत्याशी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रन्जित तामाङ पनि निरन्तर मतदातासमक्ष पुगिरहेका छन् । कमल गाउँपालिका-१ का बासिन्दा तामाङ पूर्वविद्यार्थी नेता हुन् । उनका प्रचार भेटघाटमा नातेदार, पुराना सहपाठी र विद्यार्थी राजनीतिका सहयात्री बढी देखिन्छन् ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदवार बनेका लक्ष्मीप्रसाद संग्रौलाले पनि प्रचार अभियान मन्द तर निरन्तर ढंगले अघि बढाइरहेका छन् । झापा-३ पछि राप्रपाको राम्रो पकड भएको क्षेत्र मानिने झापा-५ मा संग्रौला परिचित नाम हुन् । व्यवसाय र सामाजिक सेवामा सक्रिय उनको चुनावी एजेन्डा राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र कायम गर्ने विषयमा केन्द्रित छ ।

 

यसपालि पहिलोपटक चुनावी प्रतिस्पर्धामा रहेको श्रम संस्कृति पार्टीबाट उमेदवार बनेका समीर तामाङको प्रचार शैली अझ फरक देखिन्छ । धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङको नेतृत्वमा गठित पार्टीले अघि सारेको ‘श्रम संस्कृतिको राजनीति’लाई तामाङले व्यवहारमा उतारेका छन् ।

 

उनको पहलमा कमल गाउँपालिका-२ र ४ जोड्ने ढ्यांग्री खोलामा स्थानीयको श्रमदानद्वारा काठेपुल निर्माण गरिएको छ ।

 

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा-५ मा नौ स्वतन्त्रसहित कुल २४ उमेदवार प्रतिस्पर्धामा छन् । उनीहरू सबै विभिन्न प्रकारले मतदाताको ध्यान आफूतर्फ आकर्षण गर्ने अभियानमा छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka