Premier Cables
Premier Steel

राष्ट्रिय

नेपाली जनताको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक प्रष्ट रूपमा झल्किएको छ-गगन थापा

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा देशभर मतदाताहरूले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक प्रष्ट रूपमा झल्काएको छ।

यस अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नु हुने सम्पूर्ण नागरिकप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेका छन्। उनले भनेका छन् कि मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति विश्वास पुष्टि गरेको मात्र नभई राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ।

थापाले केही निर्वाचन क्षेत्रमा केहि घटनाहरू भए तापनि समग्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्। साथै, निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक, कर्मचारी र सुरक्षा निकायप्रति हार्दिक आभार प्रकट गरेका छन्।

उनले राजनीतिक दल, सञ्चारकर्मी, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद व्यक्त गर्दै नागरिक सहभागितामै लोकतन्त्रको सफलता निर्भर रहेको बताए।

थापाले आफ्नो सन्देशको अन्त्य “जय नेपाल! भन्ने नारा सहित गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka