Premier Cables
Premier Steel

विराटनगर समाचार

जैन भवनमा बालाजी बाबोसा ट्रस्टको भजन सन्ध्या,दिल्लीकी आराधिका विराटनगरमा

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ०९, २०८२  | अपराह्न १२:४० बजे

विराटनगर । नवौं वार्षिकोत्सवको अवसरमा श्री बालाजी ट्रस्ट विराटनगरले शनिबार (भोलि) भजन सन्ध्या कार्यक्रम आयोजना गर्दै छ ।

ट्रस्टका अध्यक्ष महेन्द्र सेठियाले बताएअनुसार शनिबार साँझ ६ः१५ बजेबाट भजन सन्ध्या शुरु हुने छ । विराटनगरको मेनरोडस्थित जैन भवनमा आयोजना हुने भजन सन्ध्यामा नयाँ दिल्लीकी आराधिका मञ्जू बाईसा सहभागी हुँदै छिन् ।

बिज्ञापन

त्यस अवसरमा अखण्ड ज्योति, महाप्रसाद, ताँती वितरण र दिव्य दर्शन जस्ता कार्यक्रम राखिएको अध्यक्ष सेठियाले बताएका छन् ।

सन्ध्याको मंच संचालक अजय बैद रहेका छन् । यसैगरी भजन गायकहरुमा भरत छाजेड, अरुण सुराना र रितेश बरनवाल रहेका छन् । अध्यक्ष सेठियाले भने,“विगत ९ वर्षदेखि हामीले निरन्तर कार्यक्रम गर्दै आएका छौं । यो पटक भारतको नयाँ दिल्लीबाट परम आराधिका मञ्जूू बाईसा विराटनगर आउनु भएको छ ।”

कार्यक्रममा पूर्व निर्धारित ३ फिट अग्लो श्रीबाबोसा भगवानको मूर्ति समेत वितरण हुने आयोजकको भनाइ छ ।
कार्यक्रमको सहयोगीमा बाबोसा की लाडली र बाबोसा कमाण्डो फोर्स समेत रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka