Premier Cables

राष्ट्रियसमाचार

सडक विभागले २७ करोड लाग्ने भनेको पुल गाउँपालिकाले ४ करोड ९६ लाखमा बनायो

Calendar बिहिबार, जेठ ०८, २०८२  | राती ८:०९ बजे

बिर्तामोड । झापाको हल्दिबारीमा सडक विभागले लागत अनुमान मूल्य भन्दा करोडौ कम मूल्यमा गाउँपालिकाले पुल निर्माण गरिदिएको छ ।

हल्दिबारी गाउँपालिकाले काठे पुल हटाउने अभियानअन्तर्गत आफ्नै बजेटबाट दुई पुल निर्माण गरेको हो । दुई वर्षअघि भुतेनी र भुसुडी खोलामा एकसाथ तीन पुल शिलान्यास भएको थियो । ती सबै पुल जम्मा रु. ४ करोड ९६ लाख ८५ हजार ९ सय रुपैयाँमा ठेक्का लागेको थियो ।

बिज्ञापन

२०७४ सालमा सडक विभागको पुल महाशाखाको टोलीले माटो परीक्षण गरी डीपीआर तयार गरेको थियो । प्राविधिक लागत इस्टिमेट करिब साढे रु. २७ करोड अनुमान गरेको थियो । तर, गाउँपालिकाले रु २३ करोड सस्तोमा पुल बनाएको हा । बिहीबार एक समारोहबीच प्रतिनिधि सभा सदस्य तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पुल उद्घाटन गरेका छन् ।

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले पुल महाशाखाले एउटै पुलको लागत इस्टिमेट साढे २७ करोड निकाल्दा आफूहरु झस्किएको बताउँदै भने,“हामीले निकै सस्तोमा आफ्नो साधन स्रोत प्रयोग गरेर पुल बनाएका छौं ।” पहिले त आफूहरु गाउँपालिकाको थोरै पैसाले यो बनाउन सकिन्छ कि सकिदैन भनेर अन्योलमा परेको उनले सुनाए ।

गाउँपालिकाले ४ करोड ९६ लाख रुपैयाँमा तीन वटा पुल बनाएको उनले सुनाए । भने, ‘बाँकी दुइटा पुलको पनि छ्ट्टिै उदघाटन गर्दै छौं ।” थोरै लागतमा पनि यस्ता भौतिक पूर्वाधार निर्माण सम्भव रहेछ भन्ने आफूहरुलाई सिकाइ भएको उनले बताए । साढे २७ करोड लाग्ने भनेको पुल यति सस्तोमा बनाउनु उदाहरणीय भएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले २०७९ कात्तिक ७ गते सम्झौता भएको पुल निर्माणको म्याद २ वर्षको रहेकोमा ५ महिनाअघि नै काम सकिएको बताए । ४२७/ मिटर लम्बाई र ७/२ मिटर चौडाई भएको पुल सारा सृष्टि निर्माण सेवा प्रा.लि.ले निर्माण गरेको जानकारी दिए । सात वर्षमा १५० वटा काठे र बाँसे पुल विस्थापित गर्ने लक्ष्य रहेको वनले सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो