Premier Cables
Premier Steel

राष्ट्रिय

गौरमा तनाव: कर्फ्यूसँगै सेना परिचालन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण ०९, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रौतहट । रौतहटको गौरमा कर्फ्यू लगाइएर नेपाली सेना परिचालन गरिए पनि आगजनीका घटना रोकिएका छैनन्। प्रशासनको कडा सुरक्षा व्यवस्थाका बाबजुद भित्री बस्तीहरूमा छिटफुट आगजनी भइरहेको छ।

भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एक स्कुटरमा आगजनी गरिएको छ। यसअघि प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरिसकेका छन्। सेना परिचालनपछि मुख्य सडकहरू शान्त देखिए पनि भित्री क्षेत्रको अवस्था अझै तनावपूर्ण रहेको छ।

बिज्ञापन

तनावको सुरुवात गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपबाट भएको हो। मुस्लिम समुदाय मस्जिदमा प्रार्थनामा रहेका बेला हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद चर्किएको थियो। विवाद बढ्दै जाँदा वडा नम्बर ४, ५ र ६ मा झडप फैलिएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही सवारी साधनमा आगजनी तथा घरमा तोडफोड गरिएको छ। घटनामा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

थप हिंसा फैलन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू लागू गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka