Premier Cables
Premier Steel

राष्ट्रिय

रौतहटमा कर्फ्यू आदेश जारी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण ०९, २०८२  | अपराह्न १:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रौतहट । रौतहटमा दुई समुदायबीच भएको झडप उग्र बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा भएको विवादले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू लागू गरेको जनाएको छ।

बिज्ञापन

मस्जिदमा प्रार्थना भइरहेको समयमा हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ। घटनापछि शुक्रबार बिहानदेखि गौर क्षेत्र तनावग्रस्त बनेको थियो। अवस्था थप असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू क्षेत्र तोकिएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। गौरका वडा नम्बर ४, ५ र ६ मा झडप भएको जनाइएको छ।

कर्फ्यू अवधिभर घरबाहिर निस्कन, भेला हुन, जुलुस, सभा–प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

झडपका क्रममा केही सवारीसाधनमा आगजनी, घरमा तोडफोड तथा केही व्यक्तिहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

अवस्था नियन्त्रणमा राख्न प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka