२०८२ जेठ ०९, शुक्रबार
Premier Cables

राजनीति

रवि लामिछानेको रिट हेर्दाहेर्दैमा, दुबै पक्षका वकिलले सके बहस

Hamro Biratnagar Calendar बिहिबार, जेठ ०८, २०८२  | 6:03 PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिट हेर्दाहेर्दैमा राखिएको हो ।

बिज्ञापन

लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । त्यस्तै, सरकारी वकिलको बहस पनि सकिएको छ । अब जाहेरवालाको तर्फबाट बहस बाँकी छ । लगत्तै जवाफी बहसपछि यो रिटमा आदेश आउनेछ ।

बिज्ञापन

यसअघि मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ भएको थिएन । आज बिहीबार भने वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् ।

लामिछानेतर्फका वकिलको बहस सकिएपछि पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए ।
लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर