Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

आसामको सडकमा विमान अवतरण, रणनीतिक सन्देशका रूपमा हेरिँदै

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण ०३, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको आसाम राज्यमा पहिलो पटक सडकमै सैन्य विमान अवतरण गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त प्रदर्शन सम्पन्न भएको हो।

 

बिज्ञापन

भारतीय रक्षा विज्ञहरूले यस कदमलाई चीन सीमाक्षेत्र नजिकबाट दिइएको स्पष्ट रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यो अभ्यास ‘अपरेसन सिन्दूर’ बाट सिकिएको पाठको व्यावहारिक कार्यान्वयन हो।

 

आसामको मोरान बाइपासमा निर्माण गरिएको ४.२ किलोमिटर लामो सुदृढ सडक खण्ड भारतीय वायुसेनासँगको सहकार्यमा तयार पारिएको हो, जसलाई आपतकालीन अवस्थामा वैकल्पिक धावनमार्गका रूपमा प्रयोग गर्न सकिनेछ।

 

प्रधानमन्त्री मोदीले C-130J सुपर हरक्युलिस विमानबाट उक्त सडकमा अवतरण गरेका थिए। त्यसपछि राफेल, सुखोई Su-30MKI लगायतका लडाकु जेटहरूले उडान, अवतरण तथा फ्लाइ–पास्टसहितको हवाई प्रदर्शन गरेका थिए।

 

यस अभ्यासको मुख्य उद्देश्य, कुनै शत्रु आक्रमणका कारण प्रमुख हवाई अड्डा निष्क्रिय भए पनि वैकल्पिक संरचनाबाट वायुसेनाले लडाइँ क्षमता कायम राख्न सक्छ भन्ने सन्देश दिनु रहेको बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka