Premier Cables
Premier Steel

कोशी प्रदेश प्रदेश राजनीति

मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ: मुख्यमन्त्री कार्की

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बुधबार, जेठ ०७, २०८२  | राती ८:३६ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गई रहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को बुधबार दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प तथा आगलागी जोखिम न्यूनीकरण पूर्वअभ्यासको अवसरमा बताएका हुन ।

बिज्ञापन

उनले जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणको क्रममा कमजोरी एवं त्रुटिका कारण विपद् व्यवस्थापनको ठूलो जोखिम रहेको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले स्थानीय निकाय, राष्ट्र सेवक कर्मचारी र सुरक्षा निकाका लागि विपद् न्यूनीकरण गर्ने कार्य पहिलो चुनौती रहेको छ भन्दै विगत पाँच-सात वर्षको आफ्नो अनुभवबाट यो देखिएको विचार राखे ।

विपद्को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखि जोखिम व्यवस्थापन गर्नुपर्ने बताउँदै भने,‘राहत उद्धारमा नागरिकले अनुभूति गर्ने गरी कार्य गर्नु पर्छ ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले नीति र कानुनको निर्माण गरि विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व वोध गर्दै सचेतना कार्यक्रम,साधन स्रोतको व्यवस्था गर्ने बताए ।

आधुनिक प्रविधि, तालीम प्राप्त तीन सुरक्षा निकायका जनशक्ति, स्थानीय निकायको सहयोगमा प्रदेश सरकारले झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन अतिआवश्यक केन्द्र निर्माण गर्ने कार्य शुरु गरेको जानकारी दिए ।

दुई दिने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka