२०८२ जेठ ०८, बिहिबार
Premier Cables

राजनीति राष्ट्रिय

हिन्दु राष्ट्रको निर्णय जनमत संग्रहबाट लिन सकिन्छ : डा. शेखर कोइराला

Hamro Biratnagar Calendar बुधबार, जेठ ०७, २०८२  | 11:03 AM

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हिन्दु राष्ट्रको सन्दर्भमा संविधान संशोधन वा जनमतसंग्रहमार्फत निर्णय लिन सकिने बताएका छन् ।

बिज्ञापन

आफूले संविधान बनाउँदा नै हिन्दु राष्ट्रको कुरा गरेको स्मरण गर्दै उनले संविधान निर्माण गर्दा देशभरबाट जनताका सुझाव संकलन पनि गरिएको बताएका छन् ।

बिज्ञापन

काठमाडौमा नयाँ पत्रिका दैनिकलाई दिएको अन्तरवार्तामा नेता कोइरालाले तर जनताबाट संकलन गरिएका सुझावको पोका नै नखुलेको दाबी गरेका छन् । ”कि ती पोका खोल्नुप¥यो वा जनमतसंग्रह गर्नुपर्यो,” उनले भने ।

जनमतसंग्रहले बहुदललाई हराउँदा बिपी कोइरालाले स्वीकार गरेको पार्टी हो कांग्रेस भएको भन्दै उनले आफूहरु बिपीका अनुयायी भएको स्मरण गरेका छन् । जनमतसंग्रहमा जाँदा आत्तिन नहुने उनको भनाइ छ ।

राप्रपाले पनि संवैधानिक राजतन्त्रको कुरा राखिरहेको भन्दै कोइरालाले जुनसुकै देशमा परम्परागत शक्ति हुने उनीहरूले आफ्ना कुरा राख्ने गरेको बताएका छन् । “त्यसले केही फरक पर्नेवाला छैन । तर, हाम्रो सरकार र हामी संविधानअनुसार त्यो बोल्नै पाइँदैन भन्दै छौँ । बोल्न नपाउने भए गणतन्त्र र संविधानको के अर्थ भयो रु अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भबाट बोल्न पाउने अधिकार त हुनुपर्यो नि,” उनले भने,“के फरक पर्छ, उहाँहरू सडकमा आउनुहुन्छ, राजा चाहियो भन्नुहुन्छ, भन्न दिनुस् । त्यसको सम्बोधन गर्ने उपाय पनि जनमत संग्रह नै हो ।”

उनले आफूलाई यस विषयमा निर्णय गराउन सक्छु भन्ने विश्वास रहेको जिकिर गरेका छन् । “तपाईं विरोधीको आवाज नसुन्ने हो भने कस्तो लोकतन्त्रवादी त विरोधीको आवाज सुन्न सक्यो भने पो त हामी लोकतन्त्रवादी हुन्छौँ । त्यसैले, उपाय छन्, निकास निकाल्न सकिन्छ,” कोइरालाको भनाइ छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर