Premier Cables

अपराध

ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित सात जना पक्राउ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १७, २०८२  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा,मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १६ गते झापाको लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित,इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक-६ का अनिश राई र सुनसरी धरान-१७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित र बिर्तामोड-४ का फणिन्द्र विश्‍वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट लेटाङ-५ का मनोज परियारलाई ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी-७ का मनिष मग्रातीलाई प्रतिबन्धित औषधी ६३० ट्याब्लेट सहित पक्रउ गरेको छ ।

विज्ञापन

त्यसैगरी सुनसरीको धरान-१९ स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka