Premier Cables

अपराध

विराटनगरमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान ११:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतबाट नेपालमा लागुऔषध आपूर्ति गर्न आएका दुई भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन्। उनीहरूबाट ठूलो मात्रामा खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको छ।

पक्राउ परेकामा भारत बिहार राज्य अन्तर्गत कटिहार जिल्लाको शिवानापुर–४ निवासी ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र खरसोता–५ निवासी ३२ वर्षीय बमकिम कर्मकार रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।

विज्ञापन

विराटनगर महानगरपालिका–१५ स्थित मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडकमा शंकास्पद रूपमा गफगाफ गरिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि गरिएको शारीरिक खानतलासीका क्रममा मोहम्मद सद्दाम हुसेनको झोलाभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको करिब १४७ ग्राम ब्राउन सुगर फेला परेको डीएसपी चुँडालले जानकारी दिइन्।

दुवै जना हाल इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन्। उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गर्ने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान इन्स्पेक्टर कविन राईको नेतृत्वमा भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka