Premier Cables
Premier Steel

अपराध

कोसीका तीन जिल्लाबाट ब्राउन सुगर र गाँजासहित ५ जना पक्राउ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १२:३६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । झापा, मोरङ र धनकुटाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित पाँच जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा स्थानीय प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त प्रयासमा उनीहरूलाई पक्राउ गरिएको हो।

झापाको शिवगञ्जमा खटिएको इलाका प्रहरी कार्यालय शिवगञ्जको टोलीले शिवसताक्षी नगरपालिका–५ का २९ वर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ वर्षीय अजय ताजपुरीयालाई ८ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ बाट सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३२ वर्षीय मनोज बस्नेतलाई ३.१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीले चौविसे गाउँपालिका–६ का मुकेश विश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka