Premier Cables
Premier Steel

कोशी प्रदेश

सङ्खुवासभाको अरुण तेस्रो आयोजनामा मोरङका युवा मृत फेला

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ १४, २०८२  | बिहान ११:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सङ्खुवासभाको मकालु गाउँपालिका–५ स्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर मंगलबार मृत अवस्थामा फेला परेका छन्।

आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङको शव उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत सडकको नालीमा भेटिएको हो।

बिज्ञापन

मोरङको केराबारी गाउँपालिका–१० स्थायी घर भएका तामाङ हाल अरुण तेस्रो आयोजनाको ड्यामसाइडमा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार उनी मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धनबहादुर राजवंशीले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको बताए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ।

तामाङको मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka