Premier Cables
Premier Steel

राष्ट्रिय

अनुसन्धानमा तानिए स्वागत नेपाल, के छ कसुर ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १२, २०८२  | साँझ ५:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रहरीले भद्रप्रसाद नेपाल (स्वागत नेपाल) माथि अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीको साइबर ब्युरोले उनका अभिव्यक्तिसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए।

बिज्ञापन

प्रवक्ता अवस्थीका अनुसार चुनाव प्रचार–प्रसारका क्रममा स्वागत नेपालबाट सार्वजनिक नैतिकता र शिष्टाचारविपरीत तथा समाजमा हिंसा प्रोत्साहन गर्ने खालका कानुनविरोधी अभिव्यक्ति दिइएको आशंकामा अनुसन्धान भइरहेको हो। ती अभिव्यक्तिको सत्यता र कानुनी पक्षबारे अध्ययन भइरहेको उनले बताए।

अवस्थीले अनुसन्धानका क्रममा आवश्यक परेमा नेपाललाई उपस्थित गराइने जानकारी पनि दिए। साथै, सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत कानुनविपरीत अभिव्यक्ति दिने र श्रव्य–दृश्य सामग्री प्रसारण गर्नेहरूमाथि साइबर ब्युरोले निरन्तर निगरानी गरिरहेको उनले स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka