Premier Cables
Premier Steel

राजनीति

बालेनको जवाफः ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा किन उभिनु ?

Calendar आइतबार, माघ ११, २०८२  | बिहान १०:३१ बजे

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका एजेन्डा र देश निर्माणको योजनाका विषयमा ‘पब्लिक डिबेट’ सार्वजनिक बहस गर्न आफू तयार रहेको बताएकोमा बालेनले उनलाई जवाफ दिएका छन् ।

ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको बताएका थिए । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गरेका थिए । बालेनले पनि सामाजिक सञ्जालबाटै ओलीलाई जवाफ दिएका हुन् ।

बिज्ञापन

यस सम्बन्धी एउटा पोस्टमा उनले कमेन्ट गर्दै कलिला बच्चाहरुलाई गोली हानी हत्या गर्नेसँग बहस गरेर आफू पनि मतियार बन्न नचाहेको उल्लेख गरेका छन् ।

नयाँ र पुराना सबै दलहरू अहिले चुनावमा होमिएको उल्लेख गर्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा एमाले देश बनाउने पक्षबाट मैदानमा रहेको दाबी गरेका थिए ।

सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरेर ल्याइएका प्रचार सामग्रीले मतदातालाई वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको ओलीको भनाइ थियो ।

उनलाई बालेनले ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ।
तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ।आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौंला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बझिनेछ’ भन्दै जवाफ दिएका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka