Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङमा मारवाडी उमेदवारः जनतामा को कति लोकप्रिय, कस्तो छ पृष्ठभूमि ?

Calendar बुधबार, माघ ०७, २०८२  | अपराह्न १:४२ बजे

विराटनगर । मोरङमा यस पटक चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ । पटक पटक उठेका पुराना र नयाँ उमेदवारबीच प्रतिस्पर्धा कस्तो होला भन्ने आम मतदातामा जिज्ञासा छ ।

यस पटक मोरङमा मारवाडी समुदायका चार जना उमेदवार प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उमेदवार बनेका छन् । यसअघि मारवाडी समुदायबाट समानुपातिक सूचीमा मात्र प्रतिनिधित्व हुँदै आएको थियो । नामावालीमा नाम आउने तर सांसद भने नबन्ने समस्या थियो ।

बिज्ञापन

आम निर्वाचनमा यो पटक प्रत्यक्षतर्फ टिकट पाएका विभिन्न दलका उमेदवार जनताबाट परीक्षण हुने तयारीमा छन् ।

मोरङ–२ मा एमालेले रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई उमेदवार बनाएको छ । उनको प्रतिस्पर्धा कांग्रेसमा मिनेन्द्र रिजालसँग हुँदैछ । रिजाल दोस्रो पटक त्यो क्षेत्रमा उठेका छन् । उनी टेस्टेड उमेदवार हुन ।

यता, बगडिया भने पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बनेका हुन । रंगेलीमा विकास निर्माणका राम्रो काम गरेका बगडिया जनस्तरमा समेत लोकप्रिय छन् । बगडिया भन्छन्,‘‘म स्थानीय तहमा हुँदा मैले गरेको काम जनताले हेरेका छन् । अब त्योभन्दा अझ राम्रो गर्ने योजनासहित प्रतिनिधि सभामा जाने तयारी गरेको हुँ ।’’

रिजालले अघिल्लो पटक पनि टिकट पाउने अपेक्षा गरेका थिए तर कांग्रेस नेतृ सूजाता कोइरालाले टिक पाइन् । तर, उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनिन् ।

मोरङ क्षेत्र नम्बर ५ मा एमालेले मारवाडी समुदायका मनोज अग्रवाललाई टिकट दिएको छ । अग्रवाल सालिन र भद्र राजनीतिज्ञका रुपमा परिचित छन् । उनको प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डल, जसपका राजकुमार यादव र कांग्रेसका फुलकुमार लालवानीसँग हुँदैछ । अघिल्लो पटक त्यो क्षेत्रमा स्वतन्त्र उमेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । मनोज भन्छन्,‘‘यो पटक व्यापक जनमतसहित निर्वाचित हुने मेरो तयारी छ ।’’

मोरङ–५ मा यस पटक ननटेस्टेड कांग्रेस नेता फुलकुमार लालवानीले टिकट पाएका छन् । मारवाडी समुदायका सामाजिक अभियन्ता र समाज सेवकको रुपमा परिचित लालवानी यसअघि पटक पटक समानुपातिकको बन्दसूचीमा परेर पनि सांसद भने हुन पाएका थिएनन् ।

यो पटक जनताबाट अभिमत लिएर विजयी हुने तयारीमा उनी पनि रहेका छन् । लालवानी भन्छन्,‘‘जनतामाझ गएको छु अब वास्तविक परीक्षण हुँदैछ ।’’

क्षेत्र नम्बर ४ मा श्रम संस्कृति पार्टीबाट कृष्ण अटल उमेदवार बनेका छन् । भ्रष्टचार, बेथिति र प्रशासनिक झन्झटको विषयमा विराटनगरको आन्तरिक राजश्व कार्यालय अगाडि ब्यानर बोकेर सांकेतिक विरोध गर्ने युवा हुन अटल ।

उनले देशमा व्याप्त बेथिति विरुद्ध बारम्बार प्रश्न उठाउँदै आएका थिए ।

सबै किसिमका बेथिति सुधार गर्ने उद्देश्यसहित अटल हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट उमेदवार बनेका हुन । आफू परिवर्तनको लागि राजनीतिमा आएको अटल बताउँछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka