Premier Cables
Premier Steel

राजनीति

सुनसरी-३ मा कांग्रेसका विजय र वेद गच्छदार मनोनयनमा पुगेपछि अन्योल

Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न ३:४० बजे

विराटनगर । सुनसरी–३ मा नेपाली कांग्रेसका दुई जना उम्मेदवार एकैसाथ मनोनयन दर्ताका लागि पुगेपछि आधिकारिक उम्मेदवार को भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।

पार्टी सभापति गगनकुमार थापाको हस्ताक्ष र छाप भएको टिकटसहित विजय गच्छदार र वेद गच्छदार निर्वाचन अधिकृतको कार्यालय दुहवी पुगेका हुन्। उनीहरू दाजुभाइ हुन् र दुवैले आफू आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन्।

बिज्ञापन

जानकारीअनुसार सुरुमा विजय गच्छदारलाई टिकट दिइएको थियो भने पछि वेद गच्छदारलाई टिकट प्रदान गरिएको थियो। दुवैसँग पार्टीको आधिकारिक छाप र सभापतिको हस्ताक्ष रहेको टिकट छ।

यस विषयमा निर्णय गर्न निर्वाचन अधिकृतको कार्यालयका अधिकारीहरू परामर्शमा जुटेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka