Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेसले कोशीका १४ निर्वाचन क्षेत्रमा लगायो उमेदवारको टुंगो

Calendar सोमबार, माघ ०५, २०८२  | राती ९:१४ बजे

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । पार्टीले पहिलो चरणमा हिमाली तथा पहाडी जिल्लाका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

कांग्रेसले धनकुटामा जिल्ला सभापति दिनेश राईलाई उम्मेदवार बनाएको छ भने तेह्रथुममा जिल्ला सचिव सन्तोष सुब्बालाई टिकट दिएको छ । पाँचथरबाट नरेन्द्र केरुङ उम्मेदवार बनेका छन् भने ताप्लेजुङमा गजेन्द्र तुम्याहाङले टिकट पाएका छन् ।

बिज्ञापन

इलाम–१ बाट निष्कल राई उम्मेदवार घोषित भएका छन् भने इलाम–२ मा पार्टीले वरिष्ठ नेता भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उदयपुर–१ मा विदुर बस्नेत र उदयपुर–२ मा रामकुमार राई उम्मेदवार चयन भएका छन् ।

खोटाङमा वीरकाजी राईलाई उम्मेदवार बनाइएको छ भने ओखलढुंगामा रामहरि खतिवडाले टिकट पाएका छन् । सोलुखुम्बुमा प्रकाशजंग कार्की उम्मेदवार बनेका छन् । यस्तै भोजपुरमा बालकृष्ण थापा र संखुवासभामा दिपनकुमार श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

तराईतर्फ मोरङ–३ मा सुनिल शर्माले टिकट पाएका छन् । मोरङ–३ बाहेक झापा, मोरङ र सुनसरीका अन्य निर्वाचन क्षेत्रका उम्मेदवार भने टुंगो लगाउन बाँकी रहेको कांग्रेसले जनाएको छ ।

पार्टीका अनुसार बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो आगामी चरणमा लगाइनेछ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka