Premier Cables
Premier Steel

राजनीति

बालेनले भने- काठमाडौंमा त गरेँ अब अरु धेरै काम गर्ने अवसर दिनुहोस्

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | साँझ ४:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले प्रदेशलाई अझ सशक्त बनाउनु आवश्यक रहेको बताएका छन्।

जनकपुरमा आयोजित रास्वपाको उद्घोष सभालाई सम्बोधन गर्दै उनले अधिकार माग्नका लागि बारम्बार काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

बिज्ञापन

मैथिली भाषामा सम्बोधन गर्दै बालेनले एक पालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नसमेत काठमाडौं जानु पर्ने अवस्थाप्रति असन्तुष्टि जनाए। “यस्ता निर्णय प्रदेशबाटै हुनुपर्छ,” उनले भने, “अधिकार माग्न काठमाडौं जानुभन्दा पशुपति घुम्न जानुहोस।”

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका बालेनले उखु किसान र मिटरब्याज पीडितको आन्दोलनका बेला आफूले मेयरको हैसियतमा चाहेजति काम गर्न नसकेको स्वीकार गरे। “म भाषण गर्ने होइन, काम गरेर देखाउने मान्छे हुँ,” उनले भने, “जसरी काठमाडौंका जनताले अवसर दिए, त्यसरी नै यहाँका जनताले पनि विश्वास गर्नुहुनेछ।”

रामजानकी महोत्सवको सन्दर्भ उल्लेख गर्दै उनले जनकपुरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनाउन नीति निर्माण हुनुपर्ने बताए। “राम–जानकीको विवाह भएको ठाउँ हुँदाहुँदै डेस्टिनेसन विवाहका लागि जयपुर जानुपर्छ, यो सोच बदल्नुपर्छ,” उनले भने।

मधेश बहुजातीय समाज भएको उल्लेख गर्दै बालेनले सबै जात खुसी हुने गरी विकास हुनुपर्ने धारणा राखे। काठमाडौंमा मन्दिर संरक्षणका काम गरेको उल्लेख गर्दै उनले जनकपुरका पोखरी र मन्दिर संरक्षणको जिम्मा रास्वपाले लिने प्रतिबद्धता जनाए।

“मलाई काम गर्ने अवसर दिनुहोस्, गरेर देखाउँछु,” उनले भने, “चार वर्ष समय नभएकाले भाषण दिन सकिन, राजीनामा दिएर आएको हुँ, अब फुर्सद छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka