Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति विराटनगर

कोसी सरकारको नीति तथा कार्यक्रममा आजबाट छलफल

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ ०६, २०८२  | अपराह्न १२:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम माथि मंगलबार (आज) बाट छलफल प्रारम्भ हुँदै छ ।

कोसी प्रदेश सभाको सातौ अधिवेशनको तेस्रो बैठकबाट छलफल शुरु हुने कोसी प्रदेश सभाका कार्यवाहक प्रदेश गौतम राज अमात्यले जनाएका छन् । उनका अनुसार आजबाट नीति तथा कार्यक्रम माथि छलफल प्रारम्भ हुने छ ।

बिज्ञापन

प्रदेश प्रमुख परशुराम खापुङले सोमबारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारले केही महत्वाकांक्षी योजनाहरु समेत नीति तथा कार्यक्रममा समावेश गरेको छ । केही पुराना योजना र परियोजनाको नीतिलाई समेत निरन्तरता दिइएको छ ।

विपक्षी दलहरुले भने सरकारले ल्याएको नीति तथा कार्यक्रम नवीनतम र जनमुखी नभएको भनेर टिप्पणी गरेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka