विराटनगर। कोसी प्राइड प्रालिको आयोजनामा हुने टी–२० कोसी प्राइड लिग (केपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ। प्रतियोगिता आगामी फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा आयोजना हुनेछ।
सात वटा फ्रेन्चाइज टिमले अक्सनमार्फत समान १२–१२ खेलाडी अनुबन्ध गरेका छन्। यसका अतिरिक्त प्रत्येक टिमले ड्राफ्ट प्रक्रियाबाट तीनदेखि छ खेलाडीसम्म अनुबन्ध गरेको आयोजकले जनाएको छ।
शनिबार सम्पन्न अक्सनमा कुल २३२ खेलाडी समावेश थिए। जसमा क्याटगोरी ‘ए’मा ३४, ‘बी’मा ९५ र ‘सी’मा १०३ खेलाडी थिए। अक्सनमार्फत ८४ खेलाडी बिक्री भएका छन्।
कोसी प्राइडका निर्देशक अफजल हुसैनका अनुसार क्याटगोरी ‘ए’ का खेलाडीको न्यूनतम मूल्य ४५ हजारदेखि ६५ हजार रुपैयाँसम्म, क्याटगोरी ‘बी’का लागि २५ हजारदेखि ४५ हजार र क्याटगोरी ‘सी’का लागि ५ हजारदेखि २५ हजार रुपैयाँसम्म तोकिएको थियो।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृति दिएको छ भने कोसी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।
टिमअनुसार खेलाडी विवरण
एभरेस्ट थन्डर्स (मालिकः आकाश खड्का)
ड्राफ्टः करण केसी, सोमपाल कामी, युवराज खत्री, रञ्जित कुमार
अक्सनः नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्दिन खान, सहिल पटेल, प्रज्वल थापा, लोकेश जोशी, भोला कुमार शाह, सिभम तिवारी, रवीन्द्र मण्डल
नमुना ब्लास्टर्स (मालिकः धर्म न्यौपाने)
ड्राफ्टः नन्दन यादव, गौरव कट्वाल, प्रकाश कार्की
अक्सनः अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मण्डल, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतीक श्रेष्ठ, अभिषेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक, नितेश कुमार यादव
इटहरी आदर्श जायन्ट्स (मालिकः कल्पित ढकाल)
ड्राफ्टः कुशल मल्ल, भुपाल लुइटेल, बिनोद भण्डारी, दिपेश कँडेल, रूपेश सिंह
अक्सनः अर्जुन कुमाल, अमरसिंह रौटेला, युनिस विक्रम सिंह ठकुरी, सुनील धमला, नरबहादुर सार्की, समीर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सरार्फ, विकल्प आचार्य, रितेश रोय, समिर तिमल्सिना
बिर्तामोड हिट्स (मालिकः अनुराग प्रमानिक)
ड्राफ्टः गुल्सन झा, शेर मल्ल, दिनेश अधिकारी, भिम सार्की, अर्जुन साउद
अक्सनः सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रवीन्द्र जंगशाही, विवेक केसी, विशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रूपक बराल, रोशन साउद
पुर्वेली सुपर किंग्स (मालिकः संजोक राणा)
ड्राफ्टः ललित राजवंशी, मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन, भरत कार्की
अक्सनः नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, विशाल पटेल, इमरान शेख, चिराग शाह, दीपक पास्वन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समीर, अभिषेक शर्मा
बीएन कोसी अर्नास (मालिकः मोहम्मद सेराज अन्सारी)
ड्राफ्टः फिर्दोस अन्सारी, सुजन थपलिया, सन्तोष कार्की, भुवन कार्की
अक्सनः शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दिपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्र बहादुर चन्द, जोसक खड्का, कमलुद्धिन मियाँ, शिवान यादव, अफन ताहिर
गोर्खा एभेन्जर्स
ड्राफ्टः साहब आलम, बसिर अहमद, पवन सरार्फ, रसिद खान, देव खनाल
अक्सनः दीपक बोहरा, आकाश चन्द, शुभ कंसकार, दुर्गेश गुप्ता, अजयकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीपबहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल, रौनक श्रीवास्तव
