Premier Cables

खेलकुद विराटनगर

विराटनगरमा पर्सिदेखि विद्यालयस्तरीय अण्डर-१६ मेयरकप फुटबल प्रतियोगिता

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | अपराह्न ३:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा विद्यालयस्तरीय अण्डर–१६ मेयरकप फुटबल प्रतियोगिता माघ ६ गते मंगलबारदेखि सुरु हुने भएको छ।

आदर्श माध्यमिक विद्यालयको समन्वयमा आयोजना हुने प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत गरी २५ वटा विद्यालयको सहभागिता रहनेछ।

विज्ञापन

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिताले नगरभित्रका उदीयमान प्रतिभाको पहिचान, प्रोत्साहन र सर्वाङ्गीण विकासमा योगदान पुग्ने विश्वास महानगरपालिकाका मेयर नागेश कोइरालाले व्यक्त गरे। उनले खेलकुदलाई अनुशासित, सक्षम र जिम्मेवार नागरिक निर्माणको सशक्त माध्यमका रूपमा महानगरले प्राथमिकतामा राखेको बताए।

माघ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका करिब ५ सय विद्यार्थी खेलाडी सहभागी हुनेछन्। कक्षा १२ सम्म अध्ययनरत र १६ वर्ष उमेर पूरा नभएका विद्यार्थीले मात्र प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले राष्ट्रपति रनिङ शिल्डजस्तै मेयरकप पनि भव्य र व्यवस्थित हुने बताए। उनका अनुसार मेयरकप अन्तरविद्यालय फुटबल प्रतियोगिता खेलकुद मात्र नभई स्थानीयस्तरमै प्रतिभा पहिचान, स्वस्थ जीवनशैली प्रवर्द्धन र सामाजिक समावेशिता सुदृढ गर्ने दीर्घकालीन अभियान हो।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने टिमले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने तृतीय हुने दुई विद्यालयलाई जनही ३५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सबै सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता शहीद रंगशाला र दिल्ली पब्लिक स्कुलको खेल मैदानमा हुनेछ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka