Premier Cables
Premier Steel

राजनीति

जनकपुरमा के हुँदैछ रास्वपाको तयारी ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | अपराह्न २:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको आयोजनामा सोमबार (माघ ५ गते) जनकपुरधाममा विशाल सभा आयोजना हुँदै छ। सभा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित तिरहुतिया गाछीमा हुनेछ, जसको तयारी तीव्र रूपमा भइरहेको छ।

रास्वपाको र्‍यापिड एक्सन टिम (आरएटी) मधेश प्रदेश संयोजक अमभुप्रसाद साहका अनुसार सभाको तयारी अन्तिम चरणमा पुगेको छ। उनका अनुसार मञ्च निर्माण भइरहेको छ भने सहभागीका लागि खुला स्थानको व्यवस्था गरिएको छ।

बिज्ञापन

कार्यक्रम समितिका सचिव शिव यादवले पनि तयारी तीव्र रहेको जानकारी दिँदै सभामा २५ देखि ३० हजारसम्म सहभागी हुने अनुमान गरिएको बताए।

सभामा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति स्वर्णिम वाग्ले, तोसिमा कार्कीलगायतका शीर्ष नेता आज साँझसम्म जनकपुरधाम आइपुग्ने कार्यक्रम छ। कार्यक्रम समिति संयोजक तथा पार्टी प्रवक्ता मनिष झाको नेतृत्वमा रहेको टोली दुई दिनअघिदेखि नै जनकपुरधाममा रहेर तयारी गरिरहेको छ।

रास्वपाका जिल्ला सभापति लक्षमेश्वर यादवका अनुसार जनकपुरधाम आइपुगेपछि नेताहरू विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेर विशेष पूजा गर्नेछन्। त्यसपछि उनीहरू विश्रामका लागि होटेल यात्री निवास जाने र साँझ गंगा सागरमा हुने नियमित सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ।

सोमबार बिहान साढे ६ बजे सिरहाको कर्जनहा स्थित सहिद पार्क पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने र ११ बजे पुनः जनकपुरधाम फर्किने कार्यतालिका रहेको छ। त्यसपछि जनकपुरधाम उद्योग वाणिज्य संघमा ११ देखि १२ बजेसम्म नेता–कार्यकर्ता भेटघाटको कार्यक्रम तय गरिएको छ।

भेटघाटपछि दिउँसो १ बजे नेताहरू सभास्थल पुग्नेछन्। सभा सम्पन्न भएलगत्तै नेताहरू झापातर्फ प्रस्थान गर्ने आयोजकले जनाएको छ। यसैबीच, वरिष्ठ नेता बालेन महोत्तरीस्थित आफ्नो पुख्र्यौली घर जाने चर्चा पनि चलेको छ।

कार्यक्रममा मुख्य वक्ताबाहेक अन्यलाई आमन्त्रण गरेर नबोलाइएको जिल्ला सभापति यादवले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka