Premier Cables
Premier Steel

राजनीति

बिना गठबन्धन कांग्रेसले ‘सिंगल’ उमेदवार खडा गर्ने

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ ०३, २०८२  | साँझ ७:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीभित्रको एकता र सद्भाव कायम गर्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित देशभरका नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न अपिल गर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौँमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आपसी एकता, सद्भाव र सहकार्यबाट मात्रै निर्वाचनसहितका राजनीतिक चुनौतीहरू सामना गर्न सकिने निष्कर्ष निकालेको छ। सोही आधारमा पार्टीभित्र एकता कायम राख्दै अघि बढ्न देशभरका नेता–कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरिएको हो।

बिज्ञापन

बैठकले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सबै तहका समिति तथा भ्रातृसंस्थालाई नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन आग्रह गरेको छ। साथै यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ का रूपमा लिँदै विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः कांग्रेसमा जोडिन अनुरोध गरिएको छ।

आगामी दिनमा पार्टीलाई पूर्ण रूपमा निर्वाचन केन्द्रित बनाइने भन्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार छनोट तथा टिकट वितरणको प्रक्रिया संसदीय बोर्डमार्फत अघि बढाउने विषयमा बैठकमा गम्भीर छलफल भएको थियो।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई पार्टी विधान र संविधानअनुसार वैधानिकता दिइसकेको अवस्थामा थप विवाद आवश्यक नरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रवक्ता चालिसेका अनुसार बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा रहँदा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णयसमेत गरेको छ। आगामी दिनमा पनि देउवालगायत अग्रज नेताहरूको अभिभावकीय भूमिका पार्टीमा कायम रहने विश्वास बैठकले व्यक्त गरेको उनले बताए।

बैठकले कांग्रेस अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। मूल्य, मान्यता र सिद्धान्तमा अडिग रहँदै संविधानको रक्षा गर्ने तथा नवयुवाको आकांक्षा र जनअपेक्षालाई सम्बोधन गर्ने निर्णयसमेत गरिएको छ।

निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि बसेको यस बैठकले परिवर्तनको पक्षमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए।

नयाँ बानेश्वरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगको निर्णयलाई कसैको जित–हार नभई विधान र लोकतन्त्रको विजयको रूपमा व्याख्या गर्दै अबको समय एकता, सहकार्य र सक्रिय सहभागिताको भएको निष्कर्ष निकालेको छ। पार्टीले यस नयाँ चरणलाई रूपान्तरण, एकता र विजयको यात्राका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa