Premier Cables
Premier Steel

राष्ट्रिय

त्रिशुली नदीमा बेपत्ता गणपती डिलक्स बालुवामा पुरिएको अवस्थामा भेटियो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष २९, २०८२  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । मंगलबार (पुस २९) त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ लेखिएको गाडी फेला परेको छ।

तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्वोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा गाडीका केही पार्टपुर्जा देखिएपछि खोजी कार्य सुरु गरिएको थियो। खोजीका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु, तनहुँबाट खटिएको सुरक्षा टोलीले उक्त गाडी फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त गणपति डिलक्स बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस हो। यही घटनामा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस पनि बेपत्ता भएको थियो।

२०८१ असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोसँगै दुईवटा बस त्रिशूली नदीमा खसेका थिए। उक्त दुर्घटनामा गणपति डिलक्स बसमा सवार ३१ जनामध्ये तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए।

हालसम्म १४ जनाको शव फेला परिसकेको छ भने अन्य यात्रु अझै बेपत्ता रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka